Friday, June 12News That Matters

त्रियुगामा काँग्रेसको सुरुवाती अग्रता

पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा आजबाट मत गणना सुरु भएको छ । आज १ बजेबाट वडा नम्बर १ बाट सुरु गरिएको हो ।
मतगणनाको सुरुवाती चरणमा काँग्रेसबाट मेयर पदका उम्मेदवार रहेका बसन्तकुमार बस्नेतको सुरुवाती अग्रता देखिन्छ । उनले वडा नं. १ को मत गणना गर्दा ८८ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेकपा एसको उम्मेदवार बलदेव चौधरीले ४७ मत ल्याउनको छ, भने नेकपा एमालेका उम्मेदवार भागवत राउतले ३१ मत प्राप्त गरेको छ ।
यता उपमेयर तर्फ पनि काँग्रेसकै सरिता राईले ७४ मत ल्याएर अग्रस्थानमा रहेको छ । दोस्रोमा एमालेका उम्मेदवार महेश्वरी राईले ३९ मत ल्याएका छन्, भने गठबन्धनको माओवादीबाट गिता खड्का कार्कीले १४ मत प्राप्त गरेको छ ।
२ सय मत गणना गरिसक्दा वडा नम्बर १ का एकालेबाट वध्याक्ष उम्मेदवार रहेका दिलिपकुमार चौधरीको ३६ मत आएको छ । काँग्रेसका उम्मेदवार मनोज चौधरीको ७५ मत आएको छ, भने नेकपा एसबाट सुकुमार चौधरीले ७ मत प्राप्त गरेको छ ।