
पूर्णपुष्टि, वैशाख १२ गते ।
त्रियुगा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजबादीको सन्युत्रक्त गठबन्धनले उम्मेदवारी दर्ता गएका छन् । गठबन्धनबाट नगर प्रमुखमा एकीकृत सवाजबादीका बलदेब चौधरी र उप–प्रमुखमा आओवादीकी गिता खड्का उम्मेदवार हुन् ।
गठबन्धनले गाईघाट बजारबाट जुलुशसहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर मनोनयन गराएको हो । मनोनयन दर्तापछि गठबन्धनबाट यो नगरका प्रमुखका उम्मेदवार बलदेब चौधरीले सम्मृद त्रियुगा नगरका लागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।
बलदेव चैधरी त्रियुगा नगरका निवर्तमान मेयर हुन । उनले ०७४ को चुनावमा काङ्ग्रेसका वसन्त बस्नेतलाई हराएका थिए । गठबन्धनले वडा नं. १ मा उमाकान्त चौधरी ,२ मा राम चौधरी , ३ मा अबधेश चौधरी,४ मा सुनबिर तामाङ , ५ मा राधा रमण भट्टराई , ६ मा राकेश चौधरी ,७ मा मनोज पौडेल ,८ मा कुल ब. कटुवाल,९ मा धन ब. श्रेष्ठ , १० मा ज्ञानेन्द्र श्रेष्ठ ,११ मा किशन राई, १२ मा नवीन राई, १३ मा पशुपति चौधरी ,१४ मा हेमराज मगर, १५ मा गणेश तिम्सिना , १६ मा मान ब. राईलाई गठबन्धनले उम्मेदवार चुनेको छ ।
