
पूर्णपुष्टि, बैशाख ११
त्रियुगा नगरपालिकामा आज मेयर पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका छन् । एकजना पार्टीबाट र दुई जना स्वतन्त्र गरी ३ जनाले उम्मेदावरी मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन कार्यालय उदयपुरका अनुसार आईतबार बलदेव चौधरी सहित ३ जनाले मेयर पदका लागि उम्मेदावरी मनोनयन दर्ता गराएका छन् । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा मनोनयन दर्ता गराएका हुन् ।
एकीकृत समाजवादी पार्टीबाट वलदे चौधरीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य दुई जना चित्र कुमार कार्की र नारायण बहादुर खड्काले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनिहरुले मनोनयनको पहिलो दिननै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
