Sunday, March 16News That Matters

त्रियुगामा लगत्तै अर्को दुर्घटना, एकको मृत्यु

पूर्णपुष्टि, २३ फागुन ।
त्रियुगा नगरपालिका वडा नं ९ राजावासमा आज शुक्रबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । करिब ५ बजेको समयमा मदन भण्डारी राजमार्ग मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न. को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालिका ७ का वाराङ«ी बस्ने २६ बर्षिय अजय लिम्वुको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार लिम्वुको छााती र पेटमा चोट लागेको थियो । उपचारको लार्गि तत्काल जिल्ला हस्पिटल उदयपुर पुराएकोमा ६ बजे लिम्वुको मृत्यु भएको हस्पिटलले घोषणा गरेको थियो । लिम्वुको शव जिल्ला हस्पिटल उदयपुरमै राखिएको छ । अटो चालक त्रियुगा नगरपालिका ७ बस्ने ३८ बर्षिय भुसेलाल दनुवार सहित मोटार साईकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहिबार बेलुका मात्रै गाईघाट स्थित डिएमगेट दुर्गाटोलमा बोलेरोले ठक्कर दिएर एकै परिवारकी दिदिवहिनीको ज्यान गएको थियो । उक्त घटना सेलाउन नपाउँदै तुरुन्तै अर्को दुर्घटना भएको हो ।