Saturday, June 27News That Matters

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको ८ औँ बार्षिक साधारण सभा सम्पन्न

पूर्णपुष्टि, २९ बैशाख ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संघको भवनमा ब्यपारी तथा सम्बन्धित क्षेत्रहरुको उपस्थितिमा संघले ८ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभाले संघको प्रगति प्रदिवेदन र आर्थिक प्रतिवेदन पेश गरेको छ । प्रमुख अतिथि मेयर वस्नेतले संघलाई बिभिन्न तत्वहरुले खराब बनाउने प्रयत्न गरिरहेको जनाए ।

पुराना र आधिकारिक संस्थाको रुपमा रहेको उक्त संघलाई असफल बनाउन सचेत व्यक्ति र ठुला शक्तिहरु लागि परेको मेयर वस्नेतको भनाई छ । संघको लामो यात्रामा यस्ता प्रवृतिहरुले बिफल बनाउन खोजिरहेको बेला रमेश रसाईलीको नेतृत्वले संघलाई सुरक्षित र निरन्तर चलायमानको लागि अग्रसर भएको बस्नेतको भनाई छ । मुद्धा मामिलाको बावजुद संघ अझै पनि व्यपारीहरुको हक हितमै रहेर अघि बढिरहेको जनाए ।

संघका अध्यक्ष रमेश रसाईलीले बिभिन्न अप्ठ्यारो झेल्दै संघको नेतृत्व गरिरहेको जनाए । अहिले सम्म आउँदा त्रियुगा उद्योग बाणिज्य संघलाई खराब सोचका व्यक्तिहरुले ध्वस्त बनाई सकेको र त्यसको साख माथि उठाउन आफ व्यक्तिगत र संस्थागत रुपमा निरन्तर लागि परिरहेको जनाए । उनले संलाई देशका सबै स्थानहरुमा व्यापक रुपमा प्रचार प्रसार गर्नुका साथै संघको आधिकारिकतालाई विश्वास्त दिलाउन लागि परिरहेको जनाए । उनले संघका लागि लाखौँ खर्च गरेर गलत व्यक्तित्वहरुका अगाडी सफल बनाउने काममा लागि रहेको जनाए । समग्रमा व्यवसायीहरुको हकहितमा आधारित निर्णय र छलफल गर्दै सभा सम्पन्न गरिएको अध्यक्ष रसाईलीले जनाए ।