
पूर्णपुष्टि, १९ बैशाख ।
त्रियुगा नगरपालिका भित्र रहेको निजी विद्यालयहरुले नगरपालिकाले गरेको शुल्क निर्धारणलाई कार्यन्वयन गर्न नसक्ने निश्कर्ष निकालेको छ । बुधबार गाईघाट स्थित जिल्ला स्तरीय संस्थागत विद्यालयहरुको भेलाले उक्त निश्कर्ष निकालेको हो । त्रियुगा नगरपालिकाका शिक्षा शाखा शुल्क निधारण समितिले ययहि बैशाख ११ गते संस्थागत विद्यालयहरुको शैक्षिक सत्र २०८१ का लागि शुल्क निर्धारण गरेको भएतापनि अब्यवहारिक र समय सापेक्ष नभएको कार्यन्वयन गर्न नसकिने भेलाको निर्णय छ ।
प्यावसन तथा एन प्याव्सन आबद्ध संस्थागत विद्यालयका संञ्चालक तथा प्रिन्सिपलहरुको भेलाले नगरपालिकाले निर्धारण गरेको शुल्कमा बिद्यालयको संञ्चालन खर्च समेत धान्न नसक्ने भन्दै उक्त शुल्क परिमार्जनका लागि नगरपालिकामा अनुरोध गर्ने निर्णय भएको प्यावसन जिल्ला अध्यक्ष प्रकाश बस्नेतले जनाए । नगरपालिकाले तोकेको शुल्क जबरजस्ती कार्यन्वयन गराउन खोजेमा प्याव्सन एन प्याव्सन कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।
