Friday, July 11News That Matters

त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्रमा यस्ता काम गर्ने

पूर्णपुष्टि, असार ११ । उदयपुरको त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्र तर्फ ‘मौलिक कला र संस्कृती:आन्तरिक पर्यटनबाट समृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नरपालिकाको १५ औँ नगरसभाले नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक महत्व भएका स्थानहरुको सूचना प्रदान गर्न त्रियुगा पर्यटन सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । होटल व्यवसायमा स्थानीय उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरण गरी पर्यटन क्षेत्रको विकास गर्न रौता महोत्सव, राजथला कार्यक्रम र होमस्टे प्रवद्र्धन जस्ता कार्यक्रमहरु पारित गरेको हो ।

नगरपालिकाले हलेशी र बराह क्षेत्र दर्शन गर्न आउने पर्यटकहरुका लागि पर्यटक मार्ग क्षेत्र (टुरिजम रुट) विकास गरी त्रियुगा भिजिट र आन्तरिक पर्यटन प्रवर्धन गर्न छोटो तथा लामो दुरीको पद मार्गहरुको पहिचना तथा परिक्षण गरी ट्रेकिङ्ग तथा हाईकिङ्ग पदमार्गहरु घोषणा गर्ने निति लिएको छ ।

पाराग्लाईडिङ्ग, राफ्टिङ्ग र साईकलिङ्ग जस्ता साहसिक पर्यटन क्षेत्रको विकास प्रवद्र्धन गर्ने, संघिय र प्रदेश तहको सहयोगमा समेत हिल स्टेसनको कार्य अगाडी बढेकोले पहाडी वडाहरुमा मानसिक स्वास्थ्यता र बौद्धिक रमणीयताको लागि हिल स्टेशन गन्तव्य बनाउने लक्ष्य लिएको छ । योग, ध्यान मार्फत सकारात्मक सोतको अभिवृद्धि गरी त्रियुगा नगरलाई आरोग्य र अध्यात्म पर्यटन स्थालको रुपमा पूवद्र्धन गर्ने योजना प्रस्तुत गरेको छ ।