
पूर्णपुष्टि, ११ असार ।
उदयपुरको ताप्ली गाउँपालिकाले आगामी बजेटको लागि ४१ करोड ७३ लाख ५५ हजार सार्वजानिक गरेको छ । मंगलबार पालिकाको १७ गाउँ सभाको निति तथा कार्यक्रमले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि उक्त बजेट सार्वजानिक गरेको हो । बजेटले समग्र पालिकाको विकासमा टेवा पुराउने भएता पनि बिषेशतया शिक्षा, स्वास्थ्य, केषि, पर्यटन र रोजगारको पाटोलाई प्राथामिकता दिएको छ ।
