
पूर्णपुष्टि, १५ असार ।
उदयपुरको त्रियुगा नगरपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । आईतबार असार पन्द्रको अवसरपारी त्रियुगा ४ बगाहामा धान दिवस मनाईएको हो ।
त्रियुगा नगर प्रमुख वसन्त कुमार वस्नेत र उपमेयर महेश्वरी राईले धान रोपेर धान दिवसको उद्घाटन गरे । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ हरेक बर्ष आजकै दिन राष्ट्रिय धान दिवस मनाईने गरिन्छ ।
किसानहरुको सहभागीतामा जनप्रतिनिधी कर्मचारीहरु सहितले धान रोपेर दिवस मनाएको हो । नगरप्रमुख बस्नेतले कृषि उत्पादनमा आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको बताउनुभयो । धान दिवसले कृषकहरूको मनोबल उच्च बनाउने विश्वास सहित आफ्नै उत्पादनले आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । उपप्रमुख राईले पनि स्थानीय तहले कृषि प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो।
त्रियुगा नगरपालिकाको आयोजना तथा कृषि बिकाश शाखा लगायत बिभिन्न कार्यालयहरुको सहआयोजनामा धान दिवस मनाईएको हो ।
