Thursday, June 4News That Matters

त्रियुगा नगर उपमाहानगरपालिका बन्ने तयारीमा छ, त्यस्को लागि हाम्रो जित आवश्यक : उम्मेदवार चौधरी

पूर्णपुष्टि, बैशाख २४
त्रियुगा नगरपालिकामा गठबन्धन बाट मेयर पदका उम्मेदवार रहेका वलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उपमहानगरपालिका बनाई शहर विकास गर्न आफ्नो उम्मेदवारी रहेको जनाएको छ ।
पूर्व मेयर समेत रहेका चौधरीले केहि समय अघिबाटै उपमाहानगरपालिकाको धाराण ल्याउँदै आएका थिए । उनले त्रियुगालाई उपमाहानगर बनाउने आधारहरु आफुले तय गरिसकेको भन्दै त्यसको प्रक्रिया र कार्यन्वयन गर्न आफ्नो नेतृत्व आवश्यक रहेको जनाए ।

हाल नगरपालिका रहेको त्रियुगालाई उपमाहानगरपालिका बनाउन त्यसको मापदण्ड र आधारहरु विकास, जनसंख्या, भौतिक पूर्वधार, एजेण्डा र नगरवासीहरुको आवश्यक अनुसार उपमाहानगरको प्रस्ताव भैसकेको उम्मेदवार चौधरीले जनाए । उनले त्यस्का लागि १६ वटै वडाहरुमा विकासको काम र आवश्यक कामहरु भएको जनाए ।
उपमहानगरपालिका सँगै त्रियुगामा शैक्षिक हव, स्वास्थ्य, कृषि, पर्यटनलाई लाई मुख्य एजेण्डा बनाईएको जनाए ।

उनले “स्वास्थ्य शिक्षित उद्यमशिल हाम्रो शहर, समावेशी सम्मुनत समृद्ध त्रियुगा नगरत्रियुगा नगर’ भन्ने मुल नाराका साथ यी सबै कुराहरुलाई समेट्न सके त्रियुगा आफै विकास हुने चौधरीले जनाए । उनले त्रियुगामा सबैखाले पठनपाठनका लागि शैक्षिक हव निर्माण गर्ने जनाए । त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि थप कामहरु अगाडी बढाने जनाए ।

स्वास्थ्यको क्षेत्रमा पहिलेको कार्याकालमै पनि धेरै कामहरु भएको जनाए । उनले हरेक वडामा स्वास्थ्य भवन र उपचार सुरु भैसकेको जनाए । अव भने वर्थिङ लगायतको कामहरुलाई अगडी बढानउे जनाए । त्यस्तै पर्यटनका लागि पनि यहाँ धेरै कामहरु भएको जनाएको त्यस्तै कृषिमा चक्लाबन्दी खेती, बिउविजन, कृषि सामाग्री, कृषक सम्मान जस्ता  कामहरु भएको जनाए ।

ग्रिन सिटी र क्लिन सिटी

त्रियुगामा आफुले जिते गाईघाट बजारलाई थप हरावरा र स्वच्छ सफा बनानउे चौधरीेले जनाएको छ ।
उनले पहिलो कार्याकालमा पनि त्रियुगा सफा राख्न धेरै कामहरु भएको जनाए । फोहोर डम्पिङ देखी सरसफाई, नाली व्यवस्थापन, बृक्षा रोपन लगायतको कामहरुले त्रियुगालाई निकै सफा बनाएको जनाए ।
यसलाई थप हरावरा बनाउन अझै धेरै कामहरु बाँकी रहेको र त्यसका लागि आफुले अवधारणहरु तय गरिसकेको जनाए ।

त्रियुगा नगरपालिका (क) श्रेणीमा

त्रियुगाको विकास र नगरको विविध सकरात्मक कार्यहरुले गर्दा त्रियुगा नगरपालिका पहिलो अर्थात (क) श्रैणीमा पर्न सकेको चौधरीले जनाए । उनले नेपाल सरकारले त्रियुगाको कामलाई हेरेर (क) श्रेणीमा पारेको छ, यो नगरवासीका लागि निकै ठुलो उपलब्धी रहेको चौधरीले जनाए । नेपाल सरकारको मापदण्ड अनुसारको विकास र कार्यलाई मुल्याँङकन गरी त्रियुगा (क) श्रेणीमा रहेको चौधरीले जनाए ।

ऐलानी जग्गाको व्यवस्थापन र नापीको काम

त्रियुगा नगरपालिकाले ६० प्रतिसत अव्यवस्थीत वसोवासलाई व्यवस्थित गर्न ऐलानी जग्गा नापी सुरु गरेको छ । यहाँको सुकुम्वासी, अव्यवस्थीत वसोवासलाई सहज बनाउने हिसावले लागि पर्दा कानुनहरु बाधक बन्दै गएको र त्यस्का लागि सरकार प्रतिगमन भए सँगै काम अगाडी बढाउन समस्या भएको जनाए । पछि बिभिन्न संघर्षपछि यसको काम अगाडी बढाएको चौधरीले जनाए ।

चौधरीले नेपालमै यो काम त्रियुगा नगरपालिकाले पहिलो चोटी सुरु गरेको जनाएको छ । देशको कुनै पनि स्थानीय सरकार अर्थात नगरपालिकाले ऐलानी जग्गा व्यवस्थापनको निती बनाउन नसकेको चौधरीले जनाए । यसका लागि केन्द्रीय सरकार र प्रदेश सरकारहरु सँग आफुहरु निती बनाउन निकै संघर्ष गरेको जनाए ।
त्रियुगामा हाल ऐलानी जग्गा नापीको काम धमाधम भैरहेको छ । चुनावको कारण स्थगित रहेको सो काम चुनाव पछि लगत्तै सुरु हुने चौधरीले जनाए । वडाको १ देखी १६ ओटै वडा सम्म नापी भैरहेको छ ।

रिङ्गरोडका लागि बजेट पास

उले आफुले उठाएको एक महत्वपूर्ण एजेण्डा रिङ्गरोडको काम अब चाँडै सुरु हुने जनाएको छ । चौधरीका अनुसार यसका लागि बजेट पास भैसको र प्रक्रिया समेत अघी सारिसकेको जनाए । उनले गाईघाट बाट करमगाछी बेल्दोवान जाँते, सिद्रे, चिलाउने, सुकौरा, चुहाडे हुँदै १६ ओटै वडालाई छुवाएर रिङ्गरोडको परिकल्पना गरेका थिए ।

नगरवासीहरुले गठबन्धनलाई भोट दिनको कारण

चौधरीले जनताले सहज र सरल जिउनका लागि लोकतन्त्र र संघियताको परिकल्पना गरेको जनाएको छ । आज जनताहरुको माग बमोजिम ७० बर्ष पछि संघियता र लोकतन्त्र प्राप्त हुँदा पनि एमालेले २ पटक गरेको संसद विघटन जनताहरुको लागि आफैमा घातक रहेको जनाएको छ ।

जनताको स्वतन्त्रतामाथी धावा गर्नेलाई जनताले कसरी भोट दिन्छ ? चौधरीले प्रश्न गरे, जनताकै लागि हामिले त्यस्ता पार्टीलाई छाडेर एकीकृत समाजवादी निर्माण गर्यौ र अहिले हामि माओवादी र कांग्रेस सँग मिलेर संयुक्त रुपमा लोकतन्त्रको रक्षा गरिरहेका छौँ । चौधरीले भने” जनतालाई सुरक्षा गर्ने र अधिकार दिलाउने गठबन्धनलाई त्रियुगा नगरवासीहरुले उत्साहका साथ अत्यादिक मत दिएर जिताउने समेत चौधरीले विश्वास लिएको छ ।

केवुलकारको लागि निती बाधक

चौधरीले पर्यटन विकासका लागि नगरले ठुलो योजना तयार पारे पनि निती बाधक बनेको जनाएको छ । उनले त्रियुगा र रौतामाईको समन्वयमा रौता बाट गाईघाट सम्म केवुलकारको परिकल्पना गरिएको भएपनि निती बाधक बनेको जनाए । रौतादेखी बिभिन्न ठाउँमा ट्रान्जेक्सन बनाई पर्यटनहरुलाई सहज बनाउने भन्दै केवुलकारको योजनालाई उठाएका थिए ।

त्यस्का लागि केन्द्र सरकार बाधक बन्न पुगेको र निती तथा कानुन नै बाधक रहेको जनाए । पर्यटनले वन पठाउने बनले पर्यटन पठाउने जस्ता समस्याले यसलाई निरन्तरता दिन नसकेको र यसका लागि केन्द्र सरकारलाई दवाव दिने नभएको खण्डमा सरकार सँगै मुद्धा लडेर पनि योजना अगाडी बढाउने चौधरीले जनाए ।