
पूर्णपुष्टि, ८ फागुन ।
त्रियुगा नगरपालिका नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली शिशुबाटिका आवासिय बोर्डिङ गाईघाट प्रथम भएको छ । बिहिबार त्रियुगा मावि गाईघाटमा आयोजित प्रदर्शनीमा कला तर्फ पुष्पाञ्जली बाटिकाकी इसिका साह र आशा पण्डित प्रथम भएकी हुन् यस्तै बालमन्दिर मावि दोस्रो, त्रियुगा मावि तेस्रो र सगरमाथा सान्त्वना भएको छ । यता बिज्ञान तर्फ त्रियुगा मावि प्रथम, जनज्योति मावि चुहाडे दोस्रो, प्याराडाईज सेकेन्डरी गाईघाट तेस्रो र जनता आधारभूत आवासिय सान्त्वना भएको छ । उक्त प्रदर्शनीमा ३० ओटा विद्यालयहरु सहभागी थिए । प्रजातान्त्र दिवसको अवसरमा बिज्ञान तथा कला प्रदर्शनी प्रतियोगिता गरिएको थियो ।