
पूर्णपुष्टि, बैशाख १७
त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र तर्फका उम्मेदवार चित्र कुमार कार्कीलाई जेब्रा चुनाव चिन्ह दिईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीलाई जेब्रा चुनाव चिन्ह दिएको हो । उदयपुरमा कार्कीले स्वतन्त्र तर्फबाट मेयर पदको उम्मेदवारी दावी छाडेको छैन् । बिभिन्न दलका बागी र केहि स्वतन्त्र उम्मेदवारीहरुले आफ्नो उम्मेदवारी फिर्ता गर्दा पनि कार्की भने एकै भोट आएपनि उम्मेदवारी फिर्ता नलिने पक्षमा थिए । कार्कीलाई शनिवार कार्यालयले जेब्रा चुनाव चिन्ह प्रदान गरेको हो ।

