
पूर्णपुष्टि, फागुन २१ । त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त्ता समितिको निर्वाचनमा १७१० मत खसेको छ । सोमबार त्रियुगा नगरपालिका–१० बोक्से स्थित बाल मन्दिर मा.वि. मा बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म भएको मतदानमा १७१० मत खसेको हो ।
त्रियुगा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा २७५० जना उपभोक्त्ता रहेको छ । मत गणना राती साढेँ ७ बजेदेखी सुरु हुनेछ । अध्यक्ष पदका लागि संकर बस्नेत र ओम खड्का उम्मेदवार रहेको छ भने उपाध्यक्षको लागि सुपराज राई र निगम कोईराला उम्मेदवार रहेको छ । यता सचिव पद भने निर्विरोध भएको छ । सन्तोष खड्का सचिवमा निर्विरोध भैसकेको छ । यस बाहेक अध्यक्ष सहित अन्य ८ ओटा पदमा निर्वाचन भैरहेको छ ।
