Friday, February 14News That Matters

ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

पूर्णपुष्टि, १९ माघ ।
ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्ने जनाईएको छ । उदयपुर जिल्ला होटल तथा पर्यटन संघका अध्यक्ष डबिट बस्नेतका अनुसार सुनकोशी नदी हवाईट र्याफ्टिङका लागि उत्कृष्ट १० भित्र पर्ने जनाएको हो । सुनकोशीले उदयपुरको पनि बिभिन्न स्थानमा छोएको छ । त्रियुगा नगरपालिका वडा नं १४ मा पर्ने धाप्लाङघाट उदयपुर र्याफ्ङििको लागि राम्रो मानिन्छ । फोक्सिन्टारदेखी धाप्लाङघाट सम्म जंगल करिडोर रहेका कारण निकै राम्रो स्थान रहेको हो । यस पछि पानीको छालको लागि धाप्लाङघाट देखी कम्फुघाट सम्म उत्तम रहेको जनाईएको छ । उक्त स्थानमा अहिले र्याफ्टिङ तालिम संञ्चालन भैरहेको छ ।

बिहिबार देखी सुभारम्भ उक्त प्रशिक्षकमा त्रिनपा १४ को ७ र १५ को २ गरी ९ जना युवाहरुले सहभागी जनाएको छ । त्रियुगा नगरपालिका र १४ नं वडाको समेत बजेट लगानी रहेको उक्त प्रशिक्षण जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको संयोजन तथा पहलमा संञ्चालन भैहरहेको हो ।

वडा अध्यक्ष हिमराज मगरका अनुसार उक्त प्रशिक्षणमा अन्तराष्ट्रिय ख्याति प्राप्त अनुप गुरुङको टोलीले दिईरहेको छ । धाप्लाङघाटमा उनिहरुले ५ दिनको तालिम दिने अध्यक्ष मगरले जनाए । सुनकोशीमा कायक र र्‍याफ्टिङको तालिम दिई उदयपुरमा जल पर्यटनको सुभारम्भ गरेको पनि मगरले जनाएको छ । बस्नेतले यो प्रशिक्षण डिग्रि लेभलको रहेको जनाए । त्रिशुलीमा गराउन लागिएको सो प्रशिक्षण उदयपुरमा ल्याउन आफुहरुको ठुलो पहल रहेको जनाए । अन्तराष्ट्रिय लेभलको प्रशिक्षण संस्थाले यस ठाउँमा तालिम दिएको भन्दै प्रशिक्षार्थीहरुले खुसी ब्यक्त गरे । आफुहरुले तिन दिनमै धेरै अनुभव बटुलीसकेको समेत जनाएको छ । यस प्रशिक्षणले स्थानीय स्तरमै युवाहरु गाईडर हुने र पूर्ण रुपमा सिकेपछि आफ्नै ठाउँमा र्याफ्टिङ संञ्चालन गरी स्वरोजगार बन्ने जनाईएको छ ।