Saturday, April 26News That Matters

दलित अधिकार स्थापित गर्न एक जुट हुन पर्छ : दलित अधिकार संञ्जाल उदयपुर

पूर्णपुष्टि, ८ चैत्र ।
दलित संञ्जाल अधिकार उदयपुरले दलितहरुबीच आपसी एकता भए मात्रै अधिकार प्राप्त हुने जनाएको छ । “समनता सामाजिक न्याय र जातिय बिभेत उन्मुलनका लागि एक्यबद्धता निर्माण” भन्ने मुख्य नाराका साथ ६० औँ अन्तराष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस २१ मार्चको अवसरमा आयोजित र्याली तथा बृहत आमसभा कार्यक्रममा उपस्थित बक्ताहरुले दलित समुदाय एक हुन आवश्यक रहेको जनाए ।

शुक्रबार गाईघाटको पिपलचोकमा आयोजित र्याली तथा बृहत आमसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले आफुले बाराम्वार दलितहरु एक हुन आह्वान गरेको जनाए । मैले दलित अधिकारको निमित्त धेरै ठाउँ कार्यक्रमहरुमा आवाज उठाएको छु,” उदयपुरका दलितहरुले आफ्नो अधिकारको लागि एक भएर अधिकारको लागि कुरा उठाउनु जरुरी छ,” विश्वकर्माले भने । त्यस्तै दलित संञ्चाल उदययपुरका अध्यक्ष समेत रहेका मेम बिकले नेपाली समाजमा अझै पनि छरपस्त जातिय बिभेद रहेको जनाए । बिकले समाज अझै पनि बुचपचाएर दलितहरुलाई मानिस भन्दा फाल्टै नजरले हेर्ने गरेको उनले आरोप लगाए ।

दलित समुदायहरुलाई अन्य मान्छेको तुलनामा अनौठो र फरक किसिमले हुर्ने गरेको उनको भनाई छ । दलित समुदायलाई समाजबाट निकालेर फरक बनाएको र अनौठो ब्यवहारहरु गर्ने गरेको उनको अध्यक्ष बिकको भनाई छ । यदि यस्ता खाले ब्यवहार नेपाली समाजमा सुधार नभए दलित अधिकारको निमित्त जस्तुसुकै संघर्षहरु गर्न दलित संञ्जाल तयार रहेको समेत चेतावनी दिए । कार्यक्रममा ८ ओटै पालिकाबाट दलित समुदाय व्यक्तिहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा स्थानीय सरकार प्रमुख, राजनितिक दल लगायतका सम्बन्धित क्षेत्रहरुलाई पनि उपस्थित गराईएका थिए । कार्यक्रम सँगै जातिय बिभेद अन्यका लागि हस्ताक्षर कार्यक्रम समेत संकलन गरिएको अध्यक्ष बिकले जनाए । कार्यक्रमलाई जिल्लाका आठ ओटै पालिकाहरुले सहयोग गरेका थिए भने दिलित अधिकार संञ्जाल उदयपुरले आयोजना गरेका थिए ।