
पूर्णपुष्टि, २३ बैशाख ।
शनिवारबाट जारी प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा आयोजक साकेला समुह र फ्युजन क्लव बोक्से बिजयी बनेको छ । आईतबार स्वर्णिम युवा क्लव जलजलेलाई २÷१ को अन्तरले हराउँदै आयोजक समूह बिजयी बनेको हो । आयोजक समूहको तर्फबाट जर्सि नं १० का दिवस श्रेष्ठले दुई गोल गरे । उनले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा अर्को १ गोल थपे ।
उता स्वर्णीम फुटवल क्लवले भने आयोजक माथी १ गोल मात्रै फर्काउन सफल भएको खेलको पहिलो हाफमा जर्सि नं १४ का सन्जिव राईले एक गोल गरेका थिए । यस्तै पहिलो चरणमा भएको फुयुजन क्लव बोक्से र श्रिपुर फुटवल क्लव श्रीपुरबीचको खेलमा भने फ्युजनले आदा दर्जन गोल हानेको छ । फ्युजनको तर्फबाट जर्सि नं १२ का लक्कि राईले ह्याट्रीक गरे । उनि सँगै जर्सि नं १३ का दिपक खपाङ्गीले २ गोल गरे भने जर्सि नं १४ का सनम राईले पनि फ्युजनको लागि १ गोल थपे । उता श्रीपुरको तर्फबाट भने जसिं नं १६ का समिर तामाङ, जर्सि नं १० का सुमन कार्कीले १÷१ गोल गरेका थिए । खेलमा पहिलो प्रतियोगताको म्यान अफ दी म्याच फ्युज क्लव बोक्सेका लक्की राई भए भने दोस्रोमा आयोजक साकेला समुहका दिवस श्रेष्ठ भएका छन् ।

