
पूर्णपुष्टि, साउन २२ ।
उदयपुरको त्रियुगा नगरपालिका–१० रेडक्रस कार्यालय अगाडी हिजो मोटरसाईकल दुर्घटना हुँदा एक साईकल यात्री गम्भिर घाइते भएका छन् । बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको स ९ प ३८८३ नम्बरको मोटरसाईकले ठक्कर दिँदा साईकल चालक त्रिनपा १० खसिबजारका ४५ वर्षिय सुरेन्द्र राई गम्भिर घाइते भएका हुन् ।
उनलाई उदयपुर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर स्थित न्युरो हस्पिटल लगिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार मोटरसाईकल चालक सरोज चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक चौधरी उदयपुर अस्पतालका डाक्टर हुन् ।
