
पूर्णपुष्टि, कार्तिक २८
सडक अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रेका दोलखाका ७ पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लामो साँघु–जिरी सडक सुधार आयोजनाका कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो ।
दोलखालाई राजधानीसँग जोड्ने मुडे चरिकोट सडक अलपत्र पारेको भन्दै पत्रकारहरु नै आन्दोलनमा उत्रेका थिए ।
पक्राउन पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको पत्रकार राजन बस्नेतले बताए । ६ वर्ष अघि ठेक्का लागेको यो सडक ठेकेदारको लापरवाही र सरकारी पक्षको बेवास्ताका कारण अलपत्र परेको छ ।
