Monday, July 27News That Matters

धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना

पूर्णपुष्टि, चैत्र २६ । धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएको तर घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् । गौतमका अनुसार एभरेस्ट एयरको हेलिकप्टर सामान लिएर पुगेको भनिएको छ तर यथार्थ विवरण लिने प्रयास भइरहेको छ ।

उक्त हेलिकप्टर पाइलट प्रिया अधिकरीले उडाएकी थिईन् । पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले बेसक्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हेलिकप्टरको पाइलट सकुशल रहेको र प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने बताए ।