
पूर्णपुष्टि, माघ १६ गते ।
निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषण गर्ने तयारी गरिरहेको छ । आज निर्वाचनको घोषण गर्न १२ निर्वाचन आयुक्तहरुले बैठक बस्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
उहाँका अनुसार आजको बैठकले निर्वाचनको मिति तय गर्नुका साथै चुनावी कार्यतालिका पनि सार्वजनिक गरिने तयारी रहेको छ । निर्वाचनको मिति फागुन २५ वा २६ गतेलाई तोकिने छ । फागुन २५ देखी चैत १० गते भित्र राष्ट्रपति सहित उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने थपलियाले बताए । फागुन २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुने छ ।
