
पूर्णपुष्टि, २४ चैत्र ।
नृत्य निर्देशक संघ उदयपुरका अध्यक्षमा प्रेम जंङ्ग किराती चयन भएको छ । शनिवार बेल्टारमा भएको प्रथम अधिवेशनले किरातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिनेश लामा, सचिवमा निमेश राई, सहसचिवमा तुलसा श्रेष्ठ, कोषाध्यक्षमा गरिमा तामाङ्ग चयन भएको छ भने सदस्यहरुमा अमित राउत, पेमु तामाङ्ग, राजन रसाईली, रितु राई, सपन राई र रोशन राई रहेको छ । नृत्य निर्देशक संघ कोशी प्रदेश सह सचिब मिथुन ठाकुरको अध्यक्षतामा निर्देशक सघ नेपाल उदयपुरको प्रथम अधिबेशमा बसेको बैठकले किरातीलाई सर्वसहमत चयन गरेको हो ।