Friday, September 11News That Matters

नेकपा (माओवाद केन्द्र) ले काेशी प्रदेशको नाम ” किरात -लिम्बुवान- काेचीला प्रदेश”  राख्ने

पूर्णपुष्टि/काठमाडाैं, भदाै १६
लिम्बू राष्ट्रिय मुक्तिमोर्चा, नेपालकाे अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुकसामहाङ मेन्याङबाे “मुकेश”ले  अब पार्टीले छिटै काेशी प्रदेशसभामा प्रदेशको पुनः नामाङ्कनका लागि फरक मत पेश गर्ने बताएका छन् ।
लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दक्षिण काेरिया प्रवास समितिकाे हिजाे भएकाे प्रथम भेलालाई बिशेष सम्बाेधन गर्दै साे कुरा बताएका हुन् ।
माओवादी निकट लिम्बुवान, किराँती, काेच, धिमाल, सन्थाल, उराँव झागड लगायतका राष्ट्रिय माेर्चाहरूकाे सम्मेलनले ऐतिहासिक सभ्यता र पहिचानका आधारमा साझा नाम “किरात लिम्बुवान काेचीला प्रदेश” राख्ने निर्णय गरेको र उक्त कुरालाई पार्टीले स्वामित्व लिदै प्रदेश सभामा फरकमतका रूपमा दर्ज गर्ने निर्णय भएकाे उनले बताए ।
उनले भने – सम्बन्धमा पार्टीको केन्द्रीय पदाधिकारी वैठकमा निर्णय गरेर पठाउने पार्टिका अध्यक्ष प्रचण्डले प्रदेश समितिकाे सचिवालय व‌ैठकमा राखि सक्नु भएको छ।
प्रदेश सभामा फरक मत पेस गरेपछि पार्टीकाे नामाङ्कनबारे धारणा स्पष्ट बन्ने र जनतामा जाने आधार बन्ने उनले बताए । पहिचान र सघियताकाे मुद्दा प्रचण्डले नै स्थापित गरेकाे र अब यसलाई पुर्णता पनि प्रचण्डले मात्र दिनसक्ने उनकाे भनाई छ ।
नेतृत्वको प्रसंगमा मेन्याङबाेले प्रचण्ड नै समकालीन नेताहरू मध्ये सबैभन्दा क्रान्तिकारी, गतिशील र सक्षम नेता भएको वताए ।
भेलामा नेपाली जनप्रगतिसिल मञ्चका अध्यक्ष जीवन खतिवडा, पूर्वी एसिया प्रवास समिति सदस्य केवि चाम्लिङ, किराँती राष्ट्रिय मुक्तिमोर्चा, नेपाल एसिया प्रवास महाशाखाका ईन्चार्ज सुरज राई किराँती, तामाङ राष्टिय मुक्तिमोर्चा, नेपालका केन्द्रीय सल्लाहाकार विवि तामाङ लगायतलेसमेत मन्तव्य राखेका थिए ।
भेलाले सुरेन लावतीकाे संयाेजकत्वमा २१ सदस्यीय लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दक्षिण काेरिया प्रवास सम्मेलन आयाेजक समिति चयन गरेको छ ।
समितिकाे सदस्यहमा साओतहाङ नेम्वाङ, हर्क वनेम फागाे, नगेश्वाेर लिम्बू , अरूण आङथुप्पाे लिम्बू , सनम चेम्जाेङ, गगन लावती, सन्तकुमार लावती, किरण लावती, मनबहादुर लावती, विक्रम जबेगु, सुरेश नेम्वाङ, माहान आङदेम्बे लिम्बू, कुबेर पन्धाक लिम्बू , युद्धराज ताम्लिङ लिम्बू , कमलराज ईदिङगाे, सुरेन चेम्जाेङ लिम्बू , देउमान लिम्बू  लगायत छन् ।