Monday, April 20News That Matters

नेपालटारमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

४ चैत्र, २०८२ । उदयपुर
मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राईको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते राईलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । टिपरभने प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो ।