Wednesday, May 20News That Matters

नेपाली कांग्रेस उदयपुर सभापतिमा बस्नेत र कार्की बिच प्रतिस्पर्धा हुँदै, जिल्ला पदाधीकारी र सदस्यहरु गरी सय भन्दा बढीको उम्मेदवारी

पूर्णपुष्टि, मंसिर ११
नेपाली कांग्रेस जिल्ला सभापतिका लागि आज कांग्रेस नेता विदुर बस्नेत र हिमाल कार्की बिच प्रतिस्पर्धा हुँदैछ । आज हुने चुनावका लागि हिजो मात्रै दुवै उम्मेदवारको प्यानलले नोमिनेसन दर्ता गराएका थिए ।

१ नं प्रदेशको भौतिक पूर्वधार विकास मन्त्री समेत रहेको कार्की र कांग्रेस जिल्ला सभापति विदुर वस्नेत बिच कडा प्रतिस्पर्धाहुने देखिएको छ ।
जिल्ला सभापतिको लागि कुल मत १४०५ रहेको छ । यी मत मध्य भारी मत लिएर कस्ले सभापतिमा जित्लान त्यो भने हेर्न बाँकी छ ।