नेपाली कांग्रेस उदयपुरको जिल्ला कार्यसमितिमा ८ जना मनोनित

पूर्णपुष्टि, पुष २३
नेपाली कांग्रेस उदयपुरले ८ जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले थप ८ जनालाई सदस्यमा समेटेर समितिमा मनोनित गरेको हो ।

जिल्ला कार्यसमिति सदस्हरुमा त्रिनपाका संञ्जा दुनवार, महेन्द्र कुमार राई, मिन वहादुर मगर, उदयपुरगढीका मदन बहादुर कटुवाल, चौदण्डीका विष्णु प्रसाद कोईराला, गरुडमान बिक, कटारीका लिला भट्राई र राम कुमारी साहा गरी ८ जनालाई सदस्यमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ । उनिहरुलाई नेपाली कांग्रेस विद्यान २०१७ संसोधन सहित धारा १२ को उपधार ५ ख २ बामोजिम सदस्यमा मनोनित गरेको नेपाली कांग्रे जिल्ला कार्यसमिति पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: