Wednesday, June 10News That Matters

नेपाल राष्ट्रिय कर्मचारी संगठन उदयपुरको अध्यक्षमा राउत

पूर्णपुष्टि, माघ २९ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको उदपुर अध्यक्षमा रित कुमार राउत सर्वसहमत चयन भएको छ । राउतको नेतृत्वमा २० कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा तिलक नेपाली, बिवेक आचार्य, महिला उपाध्यक्षमा ज्योति राई, सचिवमा लक्षमण दनुवार, सहसचिवमा चुडामणी थापा, कोषाध्यक्षमा पारु फुँयाल रहेको छ । यता सदस्यहरुमा हिमाल दनुवार, विष्णु तामाङ्ग, रेवत कार्की, ज्ञानेन्द्र राई, होम वहादुर मगर, पारु राई, पार्वता घिमिरे, सन्दीप राई पारमनन्द राजधामी, लोक बहादुर राई, सन्जु राई, ममता ठकुरी र सुरज राई रहेको छ ।

शनिवार गाईघाट स्थित कन्चनजंघा होटलमा भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको पाँचौ जिल्ला अधिवेशनबाट उक्त समिति चयन भएको हो । अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध बिभिन्न तहका कर्मचारीहरुको सहभागी रहेका थिए । नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राईको प्रमुख आथित्यतामा अधिवेशन भएका थिए ।