Friday, June 12News That Matters

न आशा, न उत्साह : स्वतन्त्र तथा साना दलको हालत (त्रियुगा मतगणना)

१२ हजार मतमा त्रियुगाको प्रमुख पदका स्वतन्त्र तथा साना दल सय कटेनन्, दुईदल अझै सुन्य

पूर्णपुष्टि, जेठ १२ ।
यतिबेला सबैको ध्यान प्रतिष्पर्धी ठुला दलतिर मात्र छ । त्रियुगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुई ठूला पदमा उठेका स्वतन्त्र तथा साना दलहरुको मतको अवस्था बारे जानकारी लिन खोज्ने कमै पाइन्छ । १६ वटा वडा रहेको त्रियुगामा ५ वटाको गणना सकिएको छ । तीनवटामा गठबन्धनले, १ वटामा काङ्ग्रेस र १ वटामा एमालेले वडाध्यक्ष जितेको अवस्था छ । त्यसमा तीनजना वडाध्यक्षले पुनः कार्यकाल दोहोर्याएका हुन् भने २ जना नयाँ अनुहार छन् । अहिले वडा नं. १३, ३, ४ को गणना चलिरहेको छ । यी गणना भइसकेको वडा र गणना हुदै गरेको वडाको १२ हजार १५ गणना भइसकेको मत परिणामलाई स्वतन्त्र तथा साना दलहरुको दृष्टिबाट विश्लेषण गर्दा कुनै पनि स्वतन्त्र र साना दलले सयमत कटाउन सकेको छैन ।
साना दलमा प्रमुख पदका लागि उठेका मौलिक जरोकिलो पार्टी र जनता प्रगतिशिल पार्टीले अहिलेसम्म मत पाएको छैन । स्वतन्त्र उम्मेदवार अम्बिका कुमारी रेग्मीले १ मत पाएकी छिन् । उनले अहिले गणना चलिरहेको वडा नं. १३ बाट १ मत पाएकी हुन् । सचेत नेपाली पार्टीका योगराज कार्कीको २ मत छ । उनले हाल गणना भइरहेको वडा नं. ३ र ४ बाट एक÷एक मत पाएका हुन् ।
लोसपा नेपालका दयाराम चौधरीको ४ मत छ । वडा नं. १५बाट १, वडा नं. १६ बाट २ र वडा नं. ४ बाट १ मत पाएका हुन् ।
स्वतन्त्र उम्मेदवार (जेब्रा) का चित्रकुमार कार्कीले १३ मत प्राप्त गरेका छन् । उनले वडा नं. १ बाट ४, वडा नं. २ बाट २, वडा नं. १६ बाट ४ र गणना भइरहेको वडा नं. ३ बाट २ र वडा नं. ४ बाट १ मत पाएका छन् ।
जसपाकी मञ्जु राईको ३७ मत रहेको छ । उनले मत गणना भइसकेको वडा नं. १ बाट १०, वडा नं. २ बाट ८, वडा नं. १३ बाट २, वडा नं. १४बाट ४, वडा नं. १५बाट ५ र वडा नं. १६ बाट ४ मत पाएकी छिन्, त्यस्तै गणना भइरहेको वडा नं. ३ बाट ३ र वडा नं. ४ बाट १ मत पाएकी छिन् ।
साना दलहरु मध्ये प्रमुख पदका लागि सबैभन्दा बढि मत ७८ प्राप्त गर्ने राप्रपाका हरिबहादुर राउत छन् । राउतले गणना भइसकेको वडा नं. १ बाट ३, वडा नं. २ बाट २९, वडा नं. १४ बाट २ र वडा नं. १६ बाट मत पाएका छन् । गणना भइरहेको वडा नं. ३ बाट ३३, वडा नं. ४ बाट ७, वडा नं. १३ बाट १ मत पाएका छन् । ठूला दलमा जस्तो उनीहरुले जितको आशा राखेको पाइदैन भने उत्साह पनि देखाएका छैनन् ।