
पूर्णपुष्टि, २५ बैशाख ।
नेपाल पत्रकार महासंघ उदयपुरले राष्ट्रिय पत्रकारिता दिवस २०८२ मनाएको छ । बिहिवार गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहलमा क्यालेण्डर वितरण सँगै शुभकामना आदान प्रदान गरी दिवस मनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेतको प्रमुख आथिथ्यता तथा उपमेयर महेश्वरी राईको बिषेश आथित्यतामा दिवस मनाईएका थिए । साथै बरिष्ठ पत्रकार कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायत वडाअध्यक्षहरुको उपस्थिति रहेका थिए ।

