
पूर्णपुष्टि, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरीले महिलाहरूको सहभागिता बिनाको कुनै पनि कार्यक्रम खल्लो हुने र महिलाहरू राजनीतिमा अघि नआएसम्म देशको विकास नहुने दाबी गरेका छन ।
उनले यो दाबी अखिल नेपाल महिला संघ समाजवादीको गाईघाटमा भएको अखिल नेपाल महिला संघ समाजवादी उदयपुरको पहिलो जिल्ला स्तरीय महिला भेलामा गरेका हुन । भेलाले पशुपति चौधरीको नेतृत्वमा ९१ सदस्य जिल्ला कमिटीको चयन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र उपाध्यक्ष भगवती कार्की साबित्रा दनुवार सचिव उष्मा राई सह सचिव बिमला कार्की कोषाध्यक्ष शकुन्तला बिक रहेका छन । त्यसैगरी भेलाले ५१ सदस्यीय त्रियुगा नगर कमिटीको पनि चयन गरेको छ । रिना रोक्काको अध्यक्षतामा उपाध्यक्ष मैयाँ कटवाल र चाँदनी चौधरी सचिवमा तारा श्रेष्ठ वडा ९ र सहसचिव अर्चना चौधरी र कोषाध्यक्ष बिनिता राई रहेका छन । भेलामा केन्द्रीय सदस्य सुनिता चौधरी, गंगा कार्कीलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
