Friday, May 15News That Matters

२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

पूर्णपुष्टि, माघ २९ ।
नेकपा (माओवादि केन्द्र), त्रियुगा नगर कमिटिले आईतबार २७ ओैं  जनयुद्ध दिवस गाईघाटमा मनाउने भएकाे छ ।
नगर कमिटि पदाधिकारिकाे आज बसेकाे बैंठकले दिउसाे ४:०० बजे भब्यरुपले दिवस मनाउने निर्णय गरेकाे नगर अध्यक्ष गिता खड्का (कार्की)ले बताईन् ।
अध्यक्ष कार्कीका अनुसार गाईघाटकाे पिपलचाैकमा दिप प्रज्वलन तथा काेण सभा गरि दिवस मनाईने छ  ।  दिवसकाे अबसरमा २०५२ साल फागुन १ गते सुरु भएकाे नेपालकाे जनयुद्ध र त्यसले ल्याएकाे आमूल परिवर्तनकाे सम्झना र समीक्षा गरिनुका साथै सहिदहरुकाे सम्झना, अपाङ्ग र सहिद परिवारहरुकाे सम्मान गरिने जनाईएकाे छ ।