Friday, February 7News That Matters

उदयपुरमा पाठेघर मुखको क्यासर विरुद्धको एच.पिभी. खोप माघ २३ देखी लगाईदै

पूर्णपुष्टि, १५ माघ ।
स्वास्थ्य कार्यालय उदयपुरले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापुला भाईरस (एच.पिभी.) खोप लगाउने भएको छ । उदयपुरमा पहिलो र दोस्रो चरण गरी यहि माघ २३ गतेदेखी फागुनको ७ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जनाए । निरौलाका अनुसार पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा २३ गतेदेखी पहिलो चरणको खोप लगाईने भएको छ भने दोस्रो चरणमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा लगाईने भएको छ । जसमा विद्यालयमा २८३, स्वास्थ्य संस्थामा ९२ समुदाय तथा खोप केन्द्रमा २१ गरी जिल्लामा ३९६ ओटा खोप केन्द्रहरु तोकिएको निरौलाले जनाएको छ । बिषेशगरी १० देखी १४ बर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप लगाईन भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस अन्गर्त कक्षा ६ देखी कक्षा १० सम्मका छात्राहरुलाई खोप लगाईने भएको छ । यौन सम्पर्कबाट पनि क्यान्सर सर्ने प्रचुर सम्भावना रहेका हुँदा यो उमेरका किशोरीहरुमा यौनसम्पर्कको कनेक्सन भैनसक्ने हुँदा सो उमेरका किशोरीहरुलाई खोपले लक्षित गरेको छ । यस खोपबाट जिल्लामा कक्षा ६ देखी कक्षा १० सम्म अध्यानरत रहेकी २० हजार १ सय २२ जना छाञाहरु लाभान्वीत हुने भएको छ । जसको लागि खोप दिने स्वास्थ्यकर्मी ४०३ र स्वयम्सेवक ७९९ गरी १२ सय २ जना जनशक्ति खटाईने भएको कार्यालयले जनाएको छ ।

दुई सय भन्दा बढी प्रजातिको भाईरसेल हुने क्यानसर त्यसमा पनि १२ प्रजातिको भाईरसहरु सक्रिय रहेको हुँदा ८० प्रतिशत महिलाहरुमा यस भाईरसले समस्या बनाएको देखिएको छ । यो संक्रमण यौन सम्पर्क, अकंमाल, चुम्मा र्यालको सम्पर्कबाट गरेको पाईएको छ । यसको लक्षण सुरुमा केहि देख्न्न पछि पाठेघरको क्यानसरपछि मात्रै यौनी गनाउने, पानी बग्ने, ब्लड बग्ने, पेट दुख्ने हुन्छ । त्यसमा पनि तत्कालै क्यान्सर नहुने र २० औँ बर्ष सम्म संक्रमण भैसके पश्चात मात्रै क्यान्सर हुने जनाईको छ । विश्वमा पाठेघरको मुको क्यानसरको अवस्था चौँथो नम्मवरमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विश्वमा ५ लाख ७० हजार महिलाहरुमा पाठेघरको मुखको क्यानस हुँदा ३ लाख ११ हजार महिलाहरुको मृत्यु भएको तथ्याङकमा उल्लेख छ । जसमा ५५ प्रतिशतको मृत्यु भएको पाईएको छ । अझै अविकसित देशहरुमा ८२ प्रतिशत सम्म महिलाहरुको ज्यान गएको पाईएको उल्लेख छ । नेपालको सन्दर्भमा भने २१९९ लाई पाठेघर मुखको क्यान्सर हुँदा १३१३ जनाको मृत्यु हुँदा ६१ प्रतिशतले ज्यान गुमाईरहेको पाईएको छ छ । यस हिसावले प्रत्येक दिन क्यान्सरकै कारण ४ आमाहरुको ज्यान गएको पाईन्छ । पाठेघर क्यान्सर भैसकेपछि बचाउन समस्या हुने जनाईएको छ । ब्रेस्ठको क्यान्सरहरुको अंग काटेर बचाउन सकिने भएतापनि पाठेघरको भने समस्या रहेको जनाएको छ । यहि समस्यालाई नियन्त्रण गर्न राज्यले क्यान्सरबाट बच्न प्रतिरोधात्मक खोपको व्यवस्था गरेको हो । खोपको सफल परिक्षण र यसको काम प्रभावकारी भएको हुँदा कसैले पनि नछुटाईकन खोप लगाउन स्वास्थ्य कार्यालय उयदयपुरको अनुरोध छ ।