Friday, June 19News That Matters

पार्टी बैठक अघि प्रचण्डलाई भेटे रविले

पूर्णपुष्टि, माघ २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको बैठक अगाबै प्रधानमन्त्री प्रचण्ड सँग भेट गरेको छ । सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका हुन्।
स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका स्रोतको भनाई छ । प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्दैछ।

प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । नागरिकता प्रकरणमा सांसद र गृह मन्त्री गुमाएका लामिछाने फेरि गृहमै फर्किन चाहेका छन्। तर प्रचण्डले भने गृह दिन चाहेका छैनन्।