Saturday, June 13News That Matters

माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार 

पूर्णपुष्टि, माघ २२ गते । माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षकी उम्मेदवार हुने भएकी छन् । उनि नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् । काग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । काग्रेसले उम्मेदवारी नदिए उनि सम्भवनत निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको आर्यालले बताइन् । “हाम्रो पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ । नारायणकाजी श्रेष्ठ (राष्ट्रिय सभा संसदीय दलका नेता) अलिक ढिलो आउने भन्नु भएको छ । त्यसैले दिउँसो पौने २ बजेसम्म उम्मेदवारी दर्ता हुन्छ होला” उनले भनिन् । उनी गत वर्ष माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा महिलातर्फ विजयी भएकी थिइन्।