
पूर्णपुष्टि, १९ भदौ ।
गाईघाट पिपलचोकमा त्रियुगा नगरपालिकाको नगर प्रमुख बसन्त बस्नेत सहित ३७ जनाले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस सोसाईटी उदयपुरका सभापति मदनराज कटुवालका अनुसार हाल नगरवासीहरुलाई निशुल्क रगत प्रदान गर्ने अभियान चलिरहेको छ । उक्त अभियानमा रक्तदान गर्ने ब्यक्तिहरु उत्साहितका साथ जोडिरहेको अवस्था छ ।
बुधबार ७ बजेदेखी पिपलचोकमा रक्तदान कार्यक्रम राखिएका थिए । आयोजक नेपाल रेडक्रस सोसाईटी त्रियुगा नगरपालिका (ख) र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको प्राविधिक सहयोगमा रक्रदान भव्य गरिएको अध्यक्ष कटुवालले जनाए । रक्तदान जिवन दान भन्ने पुरानो नारालाई आत्मासाथ गर्दै निशुल्क रगत उपलब्ध गराउने अभियानलाई सफल पार्न यस रक्तदान कार्यक्रमले थप टेवा पुग्ने कटुवालको भनाई छ । त्रियुगा नगरपालिका र रेडक्रस सोसाईटी उदयपुरबीच त्रियुगा नगरवासिहरुमा निशुल्क रगत प्रदान गर्ने सम्झौतै भईसकेको छ ।

