
पूर्णपुष्टि, माघ ९ ।
उदयपुरे युवा जलन राई एक शाहसिक पर्वतारोही हुनुहुन्छ । उहाले ६ हजार ११९ मिटर अग्लो लघुचे हिमालको सफल आरोहण गर्नुभएको छ । उदयपुरको मैनामैनी जस्तो सामान्य ठाउँमा जन्मिएर हिमाल चढ्ने जस्तो शाहसिक काम गर्नु चानचुने कुरो होईन । उहाँले यो शाहसिक काम कसरी पूरा गर्नुभयो । कस्तो प्रेरणाले पर्वतारोही बन्नुभयो ? कहिले र कसरी हिमाल चढ्नुभयो ? आरोहण गर्दाको अनुभव अनि अनुभूति कस्तो रह्यो । यो प्रशंग रोचक छ ।
बुवा नेपालसिंह र आमा पञ्चसरीको कोखबाट २०५४ सालमा उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी हर्खा गाउँमा जन्मिनु भएको थियो । गाउँमै हुर्किबढी एसएलसी उतिर्ण गरेर धरानको सुनसरी टेक्निकल कलेजमा ल्याव असिस्टेन्टको कोर्ष पूरा गर्नुभयो । उहा हाल सोलुखुम्बुको नाम्चे बजार स्थित द माउन्टेन्ट मेडिकल ईन्श्टिच्युटमा कर्मचारीको रुपमा ३ बर्षअघिदेखि कार्यरत हुनुहुन्छ । साईनाेले काका पर्नुहुने दिलिप राईको माध्यमबाट सोलुखुम्बु पुग्नु भएको उहाँ जागिर कै सिलसिलामा पर्वतारोहिसम्म बन्न पुग्नु भएको हो । वहासगकाे विशेष सवाद हाम्राे अफिसियल युट्युव च्यानल, अफिसियल फेसबुक, पेजमा हेर्न सक्नुहुनेछ ।
भीडियाे लिक : https://youtu.be/3agSZm2H3Zw