Sunday, June 21News That Matters

पूर्ण ठप्प पारिएको कटारीमा चर्कियो सुकुम्वासीहरुको आन्दोलन, मेयर, उपमेयर सहित ४ घर तोडफोड

पूर्णपुष्टि, जेष्ठ ५

कोरोना माहामारीका कारण जिल्लाकै सबै भन्दा बढी कडाई निषेधाज्ञा गरिएको कटारी बजारमा आज सुकुम्वासीहरुको भिँडभाँड आन्दोलन चलेको छ । केहि दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय उदयपुरले कटारीलाई अत्यावश्यक क्षेत्रमा समेत प्रतिबन्ध लाग्ने गरी कडाई गरेका थिए । खाद्यन्न र निर्माण सामाग्रीहरु लिने र आवत जावतको केन्द्र रहेको भन्दै त्याहाँबाट बिभिन्न जिल्लाहरुले सामान ओसार पसार गर्दा संक्रमणको उच्च संख्या रहने भन्दै प्रशासनले कडाईका साथ बन्द गरेको थियो ।

अत्यावश्यकको रुपमा एम्वुलेन्स, विरामीको गाडी र राष्ट्रिय गौरवको कामलाई मात्र प्राथामिकता राखेको पालिकामा आज सुकुम्वासीहरुले ठुलो संख्याको भिँडमा स्थानीय सरकार सँग बिरोध प्रदर्शन गरेको छ ।

कटारी नगरपालिकाका वडा नम्वर ४ मा रहेको सुकुम्बासी टोलमा डोजर चलाएर घर भत्काएपछि सुकुम्बासीहरु आन्दोलित बनेका हुन् ।

आन्दोलनकै क्रममा उनिहरुले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिम कुमारी राउत, वडा अध्यक्ष कृष्णराज दनुवार र इन्जीनियर ओम मिश्रको घर तोडफोड समेत गरेका छन् ।

बालकेष्ण थापा र सन्त बहादुर दनुवारको नेतृत्वमा चलेको आन्दोलनमा वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा बनेको घर निषेधज्ञामा भत्काई दिइएको उनिहरुको भनाई छ । नगरपालिकाले मान बहादुर दनुवार र सन्त बहादुर सुनुवारको घर भत्काई दिएको छ । उनिहरुले घरभत्काएको भन्दै आक्रोस स्थानीय सरकार सँग आक्रोस पोखेका छन् ।

यता कटारी नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णराज दनुवारका अनुसार नगरपालिका भित्रका जग्गा संरक्षणको लागि अख्तियारले पत्र नै काटेर संरक्षण गर्न अनुरोध गरिएकोमा सो ठाउँको जग्गा संरक्षणका लागि पटक पटक सूचना जारी गर्दा अटेर गरेर बनाईरहेको घरमा सामान्य भत्काई दिइएको स्वीकार गरेका छन् । उनका अनुसार पटक पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा खाली गर्न अनुरोध गर्दा पनि भूमाफियाहरुले जग्गा खरिद विक्री गर्ने गरेकोले भूमाफियाले बेचेको सार्वजनिक जग्गामा घर बनाईरहेको पाएपछि भत्काएको प्रवक्ता दनुवारले बताए ।

यस्तै आन्दोलनकारीले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय समेत तोडफोड गरेको प्रहरीले जानकारी दिएका छन् । उनिहरुले इलाका प्रशासन कार्यालयका गाडी समेत तोडफोड गरेको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रमुख अधिकारी तुलसी राम सेडाईले स्थिति तनाव बनेको भन्दै जिल्ला बाट थप सुरक्षाकर्मी पठाएको बताए । सेडाईले घर, गाडी, कार्यालय समेत तोडफोडको कुरा आएपछि सुरक्षाकर्मीहरुलाई थप परिचालन गर्न कटारी पठाएको बताए । उनले यसबार अन्य थप विवरणहरु भने आउन बाँकी नै रहेको समेत बताए ।