
देश महायात्रा, ऋतु आधारित संगठन परिचालन र स्थानीय तह केन्द्रित कार्यक्रम मार्फत जनतासँग नजिक हुने योजना
उदयपुर, भदौ २४ ।
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन सम्बन्धी सुझाव बैठकमा राख्नुभएके छ । पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिप्रेक्ष्यमा समाजवादी मोडेल विकास गर्ने महत्वाकांक्षी लक्ष्य अनुरुपकाे सुझाव उहाँकाे छ ।
विचार निर्माणका रणनीतिहरूस्थ
देश महायात्रा : पार्टीका नेता किरातीले प्रस्तुत गरेको योजना अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)को नेतृत्वमा देश महायात्रा सञ्चालन गरिनुपर्ने । यस यात्राको उद्देश्य नेपाली समाजको वर्तमान अवस्था र जनजीवनलाई नजिकबाट बुझ्नु रहेको छ ।
“यो महायात्राले हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझ्न मद्दत गर्नेछ । हामी जनताको दैनिक जीवन, उनीहरूका समस्या र आकांक्षाहरूलाई प्रत्यक्ष रूपमा बुझ्न चाहन्छौं।” उहाँले भन्नुभयाे ।
प्रकृति र संस्कृतिमैत्री समाजवादस् रणनीतिले : प्रकृति र संस्कृति मैत्री नेपाली समाजवादू को अवधारणा प्रस्तुत गरेको छ। यसले नेपाली जनता र समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई समाजवादी सिद्धान्तसँग एकीकृत गर्ने लक्ष्य राखेको छ।
किरातीले भन्नुभयाे “हाम्रो लक्ष्य नेपालको प्राकृतिक वातावरण र सांस्कृतिक विविधतालाई संरक्षण गर्दै समाजवादी विचारधारा विकास गर्नु हो। हामी नेपाली मौलिकतालाई केन्द्रमा राखेर समाजवादी अवधारणा विकसित गर्न चाहन्छौं।”
जनविश्वविद्यालय : पार्टी कार्यकर्ताहरूले जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव र परम्परागत संस्थाहरूको गहिरो अध्ययन गराउन जनिवश्वविध्यालयकाे अवधारणा जरुरी सुझाएका छन् ।”ूयस अध्ययनबाट प्राप्त ज्ञानलाई नेपाली समाजवादको जग बसाल्न प्रयोग गरिनेछ,” किरातीले थप्नुभयाे “हाम्रा कार्यकर्ताहरूले जनताबाट सिक्नेछन् र त्यसैको आधारमा हामी हाम्रो नीति र कार्यक्रम तय गर्नेछौं।”
विश्व साम्राज्यवादको अध्ययनस् रणनीतिले विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीहरूको गहन अध्ययन गर्ने प्रस्ताव गरेको छ । यस अध्ययनको उद्देश्य नेपाली समाजवाद कसरी उन्नत हुन सक्छ भन्ने कुरा स्पष्ट पार्नु रहेको छ।
संगठन परिचालनका रणनीतिहरू :
ऋतु आधारित संगठन परिचालन : नेपालको चार ऋतुलाई आधार मानेर वार्षिक कार्यतालिका बनाउन उहाँकाे सुझाव छ । वसन्त अभियान (चैत्र-जेठ) : सृजनात्मक कार्यहरू, वर्षा अभियान (असार-भदौ) : विचार निर्माण, श्रम र प्राकृतिक प्रकोप सम्बन्धी जनचेतना, शरद अभियान (असोज-मंसिर) : आन्तरिक तयारी र सामाजिक क्रियाकलाप, शिशिर अभियान (पुस-फागुन) : वार्षिक समीक्षा र सामाजिक सेवा रहेकाे छ ।
किरातीले भन्नुभयाे “यो ऋतु आधारित कार्यतालिकाले हाम्रो संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउनेछ। हरेक ऋतुमा विशेष कार्यक्रमहरू गरेर हामी निरन्तर रूपमा जनतासँग जोडिएर रहन सक्नेछौं।”
स्थानीय तह केन्द्रित कार्यक्रम : माओवादी केन्द्रले आफ्नो नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरूलाई समाजवादी नमूनाको रूपमा विकास गर्नुपनेृ उहाँकाे सुझाव छ ।
“यसले जनताको प्रत्यक्ष निगरानी र सहभागिता बढाउनेछ, किरातीले भन्नुभयाे “हामी स्थानीय तहमा समाजवादी अवधारणा अनुरूपको शासन प्रणाली स्थापित गर्न चाहन्छौं, जसले जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन सकोस्।”
विकेन्द्रीकृत कार्यक्रम निर्माण : वडा स्तरसम्मका कमिटीहरूलाई पार्टीको आम नीतिको आधारमा स्वतन्त्र रूपमा कार्यक्रम बनाउने अधिकार दिइनेछ। यसले रचनात्मक प्रतिस्पर्धा र नवीन विचारहरूको जन्म दिने आशा गरिएको छ। सार्वजनिक संस्था सुधार अभियानस् पार्टीले स्थानीय स्तरका सार्वजनिक संस्था र स्थलहरू विद्यालय, स्वास्थ्य चौकी, हाटबजारमा सुधार ल्याउने जिम्मेवारी लिने योजना छ।
नेकपा माओवादी केन्द्रको यो नयाँ रणनीतिले पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिवेश अनुकूल समाजवादी मोडेल विकास गर्ने साथै यसले पार्टीभित्रको संगठनात्मक संकट समाधान गर्ने, नेतृत्व निर्माणमा सहयोग पुर्याउने र जनतामा पार्टीप्रति नयाँ किसिमको भरोसा निर्माण गर्ने आशा गरिएको छ।