Thursday, June 18News That Matters

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ

पूर्णपूष्टि, २७ वैशाख ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो ।

यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए । उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो । खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ ।

‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो ।
कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ । घरमा प्रहरी आएको चाल पाएपछि चुकुल लगाएर बसेका थिए । पक्राउ गर्न प्रहरी आएको चाल पाएपछि उनी चुकुल लगाएर भित्रै बसेको सुरक्षा स्रोत बताउँछ । भित्र कोठामा रहेका पूर्वगृहमन्त्री खाणले त्यहाँबाट विभिन्न व्यक्तिलाई फोन गर्न थालेको सुरक्षा स्रोतको दाबी छ। धेरै बेर फोनमा अलमलिएपछि अन्ततः उनी पक्राउ परेको सुरक्षा स्रोतले बतायो।