Wednesday, July 29News That Matters

पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

पूर्णपुष्टि, भदौ २३ गते ।

मोरङमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धा मृत फेला परेकी छिन् । मृत फेला पर्नेमा मोरङको रङगेली नगरपालिका–१ की ७६ बर्षीया कृष्णमाया बस्नेत रहेकी छन् ।बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी थिईन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।