
पूर्णपुष्टि, १७ माघ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ मा प्रथम त्रियुगा जलजले महोत्सव हुने भएको छ । जलजल स्थित उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा माघ २३ गतेदेखी फागुनको ३ गते सम्म १० दिने महोत्सव लाग्ने भएको हो । । आयोजक स्वर्णीम युवा क्लवले पर्यटन प्रवद्र्धनको निमित्त महोत्सव गर्न लागिएको जनाएको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार राष्ट्रिय ख्याति प्राप्त कलकारहरुको माझमा भव्य महोत्सव हुने छ । त्यस वाहेक कृषि, शिक्षा, रोजगकार र पर्यटन जस्ता क्रियाकलाप र स्टलहरुले पनि महोत्सव आकर्षक बनाउने छ । महोत्सवमा एक सय बढी स्टलहरु राखिने छ ।
८० लाख बढी महोत्सव आयोजनाका लागि लगानी लाग्ने आयोजक टिमको अनुमान छ । महोत्सवलाई सह प्रायोजक बन्दीपुर केवुलकारले गरेको छ भने बाँकी खर्च स्थानीय युवा, तथा आयोजक आफैले गर्ने भएको छ । महोत्सवले उठाएको रकमको ४० प्रतिशत जलजले नजिक रहेको पोखरीमा पार्क निर्माण र बोडिङका लागि लगानी गरिने संयोजक चौधरीको भनाई छ । महोत्सवलाई त्रियुगा नगरपालिकाले संयोजन गरेको छ । सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगर लगायतका ख्याति प्राप्त कलकारहरु महोत्सवमा सहभागी हुने छ ।