Monday, May 4News That Matters

प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

पूर्णपुष्टि, १४ असार ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीयदलका नेता इन्द्र आङ्बोले प्रदेश नामाकरणमा पुनरबिचार गर्नु पर्ने समय आएको जनाए । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठकको क्रममा बोल्दै आङबोले जनताहरुको असन्तुष्टीलाई ध्यानमा राखेर नामाकरण बारे पुनरविचार गर्नु पर्ने जनाए । आफुले पहिले बाटै पहिचानको पक्षमा बोलिरहेको र बिभिन्न समस्याको कारणले प्रदेश नामाकरणमा भाग लिनु परेको उनले बताए ।

उनले नामाकरणमा नागरिकहरुको ब्यापक असन्तुष्टी बढेपछि यसलाई वार्ता गरौँ भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वास्ता नगरेको समेत आरोप लगाए । हामिले बाराम्वार बार्ता टोली बनाऔँ, निष्कर्षमा पुराऔँ भन्दा मुख्यमन्त्रीले कुनै चासो र टेरपुछर नलगाउने तर हामि सरकारबाट निस्केको एक हप्तामै वार्ता टोली बनाउने यो अचम्मको कुरा छ आङ्बोले भने, । उनले त्यो बार्ता टोली बनेको कुरा प्रति भने सदासयता राख्ने समेत जनाए । ढिलै भएपनि नागरिकहरुको मागमा आधारित बार्ताटोली निर्माण भएको छ यसले सकरात्मक तथा सार्थक वार्ता गरोस भन्ने चाहाना छ ।

उनले नामाकरणबारे सहज हिसावले पुनरविचार गरी नामाकरण तर्फ केन्द्रीत हुन सांसद तथा दलहरुलाई आग्रह गरे । यस भन्दा पहिले एकीकृत समाजवादीका कोशी प्रदेश सांसदीय दलका नेता राजेन्द्र कुमार राईले पनि पहिचानलाई मेटाउँदै जाने प्रयासमा रहेको जनाए । जव सम्म पहिचानको सम्मान र संरक्षण गर्न सक्दैन तव सम्म नामाकरणको निष्कर्षमै पुग्न नसकिने राईले जनाए । उनले अरुको पहिचान र चाँडलाई बिर्सँदै जाने तर आफ्नोलाई भने सँधै सम्मान र संरक्षण गर्ने प्रविद्धी रहेको समेत जनाए । यता संघिय समाजवादी पार्टीका नेतृ तथा पूर्व मन्त्री निर्मला लिम्वुले त सांसदमा बोल्नै अस्वीकार गरेकी छिन् । उनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने कुरामा तथस्ट छिन् ।