प्रधानमन्त्री प्रचण्डले रौतामाईको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने

पूर्णपुष्टि, १९ माघ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने भएको छ ।

उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा निर्माण भएको पालिकाको नयाँ भवन शनिबार प्रधानमन्त्री दाहालले बिषेश कार्यक्रमकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन उद्घाटनको लागि दाहाल हेलीबाट भोली उदयपुर आउने आयोजकले जनाएको छ । आयोजक रौतामाई गाउँपालिकाले भवन उद्घाटन सँगै रौतामाई गाउँपालिकाको बिकासको बारेमा पनि धारणा राख्ने जनाएको छ । कार्यक्रम १० बजेदेखी सुरु भएर दुई बजे सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0