Thursday, May 21News That Matters

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका लागि प्रस्थान

पूर्णपुष्टि,जेष्ठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।

बुधबार अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्।