
पूर्णपुष्टि, २ माघ ।
उदयपुरमा मंगलबार यलदोङ ५०८५ मनाउँने क्रममा प्रहरीले गरेको ज्याजति प्रति किरात राई यायोख्खा उदयपुर, सुनसरी र केन्द्रीय समितिले आपत्ति जनाएको छ । प्रहरीको ज्याजतिको घोर भर्तसना गर्दै उदयपुर, सुनसरी र केन्द्रीय कार्य समितिले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सुनसरीको समेत उपस्थितिमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यायोख्खा प्रदेश सचिव राम पाण्डुपा राई सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै राज्य आफैले अशान्ती समाज निर्माण गर्न लागेको जनाए । संबैधानिक अधिकारको प्रयोग गर्दा एउटा समुदायप्रति राज्य किना अराजक बनेको भन्दै राईले प्रश्न समेत गरेको छ । नेपाल बहुल जाति र बहुसांस्कृतिक देश रहेको भन्दै आआफ्नो चाँडबाँड मनाउने अधिकार भएको भन्दै यसरी सरकार निरंकुश बन्ने हो भने देशमा आक्रन्त र अशान्ति फैलिने राईको भनाई छ । उनिहरुले मंगलबारको घटनामा आबद्ध प्रहरीलाई तत्काल कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । यसरी कसैको चाँडबाँड र अधिकारमाथी कुन्ठीत बने सरकार सँग जस्तो सुकै कदम चाल्न आफुहरु तयार भएको र यस बाट हुने क्षती सरकार आफैले बहोर्नु पर्ने जनाए । प्रदेश नं १ मा कोशी प्रदेश नामाकरण गरेर सरकारले ठुलो गल्ती गरेको र त्यसको विरुद्धमा पहिचानवादी संघ संस्था समुदायहरुले आन्दोलन तताईरहँदा यहि बेला तेलमा घ्यु तप्ने काम उदयपुर प्रहरीले गरेको उनिहरुको अरोप छ । ध्यानाकर्षण पत्र सँगै गाईघाटको मेनचोकमा कोण सभा पनि गरिएको छ ।
प्रमुख जिल्ला अधिकार हरिप्रसाद घिमिरेले घटनाबारे आफुलाई बिस्तृत रुपमा जानकारी नभएको जनाए । ध्यानाकषर्ण पत्र लिँदै कुनै पनि समुदायहरुले शान्तिपूर्ण कार्यक्रम गर्न पाईने जनाए । त्यसका लागि आफुले शान्ति सुरक्षा दिन प्रतिबद्धता समेत जनाए । घिमिरेले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई सोधपुछ गर्ने पनि जाए ।