
पूर्णपुष्टि, २ साउन ।
काठमाडौं महानगरपालिकाले मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको छ । फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म ुबगानु लाई ५० हजार जरिवाना तिराएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए।
महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन्।
ुबालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला,ु उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, ुहाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ।ु
गत चैत ३० गते प्रकाशन भएको ुकाठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९ु ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो। सर्वसाधारणको सुरक्षा, शहरी सुन्दरता, सडकपेटी, सार्वजनिक संरचना, विद्युत र टेलिफोनका खम्बालगायत कुनै पनि ठाउँमा विज्ञापन गर्न निषेध गरिएको उक्त निर्देशिकामा उल्लेख छ।
त्यसो गरेमा न्यायिक समितिले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।
ुबगानु गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल आमाको पुनर्विवाह गर्न छोरीले गरेको संघर्षलाई देखाइको छ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
