Saturday, April 26News That Matters

बन जंगलमा डढेलो लगाए जरिवाना सहित कार्वाही गछौँ : ताप्ली गाउँपालिका

पूर्णपुष्टि, २९ फागुन ।
सुख्खा याम हावाहुरीको समय र डढेलो सिजन आएसँगै उदयपुरको पहाडी पालिका ताप्ली गाउापालिकाले बन जंगलमा डढेलो नलगाउन सचेत गराएको छ । पालिका अध्यक्ष ढुँगराज बिश्वकर्माले बन जंगल सुख्खा भएको यो अवस्थामा आगाजन्य क्रियाकलाप नगर्न अनुरोध गरेको हो । डढेलेले बन विनाश हुनका साथै खडेरी निम्ताउने जलवायु परिवर्तनको अवसर हुने, पानीको मुहान सुख्खा हुनुका साथै वस्ती घरहरुमा क्षती पुराउने भन्दै सचेत गराएको हो । अध्यक्ष बिश्वकर्माले डढेलोले बन्य जन्तुहरुलाई पनि असर गर्ने बताईएको छ । जंगलमा रहेको पशुपन्छी तथा जंगली जनवारहरुलाई समेत असर पर्ने हुँदा उनिहरुको बाँच्ने अधिकार र वस्ने अधिकारमा समेत डढेलोले क्षती पुराउने अध्यक्ष विश्वकर्माको भनाई छ । यदि डढेलो लगाएको थाहापाए कानुनवोजिम कार्वाही र जरिवाना गराईले पालिकाले जनाएको छ ।