
पूर्णपुष्टि, बैशाख ३०
करिब मतदान गर्न १ घण्टाको समय रहँदा उदयपुरको त्रियुगा नगरपालिकामा पनि बर्षाले असर गरेको छ । ७ बजे बाट सुरु भएको त्रियुगाको मतदान निरन्तर चलिरहेको बेलामा करिब ४ बजेर १८ मिलेट तिर परेको बर्षाले मतदान प्रभावित बनाएको छ । त्रियुगा लगायत बिभिन्न मतदान स्थलहरुमा बर्षाले असर गरेको छ । त्रियुगाको उच्च मावि, वालमन्दिर मावि, रातमाटे आधारभूत लगायतको मतदान केन्द्रहरुमा पानीको ठुलो असर परेको छ ।
मतदान गर्ने समय देशैभर बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म लागु गरिएको छ । उदयपुरमा बिभिन्न पालिकाहरुमा बर्षाले असर गरेको छ । कटारी, उदयपुरगढी, लिम्चुङबुङमा दिउँदै बर्षाले असर गरेका थिए भने बेलुका ४ बजेको समयमा सबै पालिकाहरुमा पानीले असर गरेको हो । त्रियुगा लगायत तल्लो भेगहरुमा भने मतदानको अन्तिम समय तिर बर्षाले असर गरेको छ । जिल्लामा १ बजे सम्म करिब ५० प्रतिशत मत खसिसकेको अवस्था थियो । अहिले पानीका कारण त्रियुगामा मतदान स्थगित भएको छ ।
