
पूर्णपुष्टि, बैशाख १८
त्रियुगा नगरपालिका ४ नं वडाका उम्मेदवार सुवास निरौलाले वडावासीहरुकै चाहानामा आफ्नो मुख्य उम्मेदवारी रहेको जनाएको छ । पूर्णपुष्टि चुनावी संम्वादको क्रममा निरौलाले यस्तो बताएको हो । निरौला २०७४ सालको स्थानीय चुनावमा एमाले बाट त्रियुगा नगरपालिका ४ को वडाअध्यक्षमा बिजयी बनेका थिए ।
उनिले ५ बर्ष कार्याकाल पुरा गर्दै पूनः उम्मेदवारी दिने क्रममा आफुलाई सफल वडाअध्यक्षको रुपमा स्थापित गरेको जनाएको छ । वडावासीहरु सँग नरम र सानो भएर व्यवहार गर्ने, रात दिन वडावासीहरुकै निम्ति खट्ने, वडामा पर्यटन विकास, पूर्वधार विकास जस्ता कामलाई सफल बनाएको भन्दै वडावासीहरु आफुसँग लिप्त बनेको निरौलाको भनाई छ । निरौलाले यो पटकको चुनावमा पनि आफुलाई वडावासीहरुले फेरी बिजय गराउने जनाए । उनि बिजयी बन्नकै निम्ति वडावासीहरुमा मत माग्न व्यस्त रहेको छ ।
निरौलाले वडामा भए गरेको कामहरुको जनताहरुले मुल्याङकन गरीसकेको र फेरी पनि दोस्रो कार्याकालको नेतृत्व थप गर्न सहयोग पुराउनेमा विश्वास्त रहेको जनाए । उनले वडामा बाँकी रहेको विकासलाई पुरा गर्न जनताले उम्मेदवारी बनाएको जनाए ।

