
पूर्णपुष्टि, उदयपुर कार्तिक १८ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा न. ७ बागचौरीका १३ बर्षिय सफल परियारलाई ३० हजार अभावले घरमै थन्किन बाध्य बनाएको छ । दुर्घटनामा घाईते सफल परियारलाई हस्पिटलले फलो अप मा बोलाएको थियो ।
असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि गम्भीर घाईते भए । उनको पेटमा पानी जमेपछि बिराट टिचिङमा अप्रेसन गरिएको थियो । पैसा अभावले अप्रेसन पश्चात घरमै ल्याईएका सफललाई हस्पिटलले फेरी जाँच गर्न ल्याउन भनेका थिए । तर पून : जाँचका लागि करिब ३० हजार लाग्ने हस्पिटलको अनुमान थियो । छोराको उपचार गर्दा गर्दा घरको सबै थो सकिएको र बाहिर ऋण गरिरहेको बुबा सुवास परियारले बताए ।
सहयोग गर्न चाहानुहुने इच्छूकहरुका लागि बिरामीको बुबा सुबास परियारको esewa


अब ऋण माग्ने समेत ठाउँ नरहेको हुँदा छोराको उपचारमा ३० हजारले समस्या बनाएको बताए । उनले ३० हजारको लागि सबैले सहयोग गरिदन अनुरोध गरेको छ । उनि छोरा उपचारको लागि दिन रात हात फैलाईरहेको छ । मनको धनिहरुले छोरा उपचारमा आर्थिक सहयोग गरिदनि उनले सबैलाई आह्वान गरेको छ । कमजोर आर्थिक अवस्थाका सफललाई जसो तसो अप्रेसन गरिएपनि अझै ठिक भएको छैन । उनि अहिलो ओछ्यानमै पल्टिरहेको छ । करिब ४ लाख खर्चेर अप्रेसन गरेको छोरालाई डाक्टरकोमा फेरी लगेर देखाउन पैसा अभाव भैरहेको छ । ३० हजार पैसा जुटाउन नसक्दा छोरालाई हस्पिटल पुराउन नसकेको सुवासको भनाई छ ।
