
पूर्णपुष्टि, २२ पुष ।
त्रियुगा नगरपालिका वडा नं १५ तोरीबारीमा पहिरोले क्षती पुराएको स्थानमा भु–गर्भ टोलीले माटो परिक्षण गरेको छ । गत असार २५ गते बर्षाको कारण पहिरोले क्षती पुराएको उक्त स्थानलाई विपद व्यवस्थानको सडक विभाग अन्तर्गत भु–गर्भ टोलीले माटो परिक्षण गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आज टोलीले परिक्षण सकाउने जनाए । तिन दिन अघिदेखी परिक्षणमा निरन्तर खटेको टोलीले आज काम सकाउने र छिट्टै यसको रिजल्ट निकाल्ने जनाए । वडाको निरन्तर प्रयास र वस्ती व्यवस्थापन माग पछि टोलीले काम सुरु गरेको अध्यक्ष तिमिल्सिनाले जनाएको छ । परिक्षणको ७ देखी १० दिन भित्रमा त्यस स्थानो अवस्था पत्ता लगाउने र वस्ती वस्न मिल्ने वा अन्यत्र सार्नु पर्ने टोलीले सिफारिस गर्ने जनाएको छ । उक्त पहिरोको क्षतीमा परी एक बालिकाको ज्यान गएको थियो भने अन्य दुई जना घाईते र अन्य धेरै परिवार विस्थापित बनेका थिए ।